stcnepal long ad
ime life insurance
global ime bank long

११ बैंक दिए मुनाफा,९ बैंकको मुनाफा शून्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजारमा पुराना लगानीकर्ताहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. र हिमालयन बैंक लि.ले लगानीकर्तालाई लाभांश दिन सक्दैनन् भन्नेमा विश्वास नै थिएन ।

यी दुवै बैंकमा ठूलो लगानी भएका लगानीकर्ताहरूले विगत दुई वर्षदेखि मुनाफा नदिएकोमा आश्चर्य व्यक्त गर्दै आएका छन।

कुनै बेला मर्जरको तयारी गरेर अन्तिम समयमा हिमालयन बैंकको साधारण सभाबाट मर्जर भाडिएको हिमालयन बैंकले अन्तिममा सिभिल बैंक लि.लाई एक्विजेसन गरेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक नेपाल लि.सँग मर्जर गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. बनेको थियो ।

मर्जर भएका मेगा बैंक र सिभिल बैंकको खराव कर्जाका कारण यी दुई बैंकहरूले गत आर्थिक वर्षदेखि नै सेयर धनीलाई लाभांश दिन सकिरहेका छैनन।

गत आर्थिक वर्षको मुनाफाबाट २० वटै वाणिज्य बैंकहरूले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन। लाभांश दिने तथा नदिने केही बैंकहरूले वार्षिक साधारण सभा समेत सकिसकेका छन ।

क वर्गका २० वटा वाणिज्य बैंकहरू रहेकामा यो पटक ११ वटा बैंकहरूले सेयरधनीलाई लाभांश दिएका छन् । लाभांश दिने बैंकहरूमा स्टाण्डर्ड चार्टर्ड बैंक लि., नबिल बैंक लि., एभरेष्ट बैंक लि., नेपाल एसबिआई बैंक लि., कृषि विकास बैंक लि., ग्लोबल आईएमई बैंक लि., लक्ष्मी सनराइजन बैंक लि., सानिमा बैंक लि., प्राइम कमर्शियल बैंक लि., सिटिजन्स इन्टरनेशनल बैंक लि. र सिद्धार्थ बैंक लि. रहेका छन् । यी बैंकहरूले थौरै भएपनि नगद र बोनश लाभांश दिएका छन।

गत  वर्ष सेयर धनीहरूलाई  लाभांश दिन नसकेको कृषि विकास बैंकले यस पटक लाभांश दिएको छ । गत वर्ष लाभांश दिएका बैंकहरूमा एनआईसी एसिया बैंक लि.,माछापुच्छ्रे बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि।ले सेयरधनीलाई लाभांश नदिने भएका छन ।

लगातार दुई वर्ष लाभांश दिन नसक्ने बैंकहरूमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक लि., नेपाल बैंक लि., कुमारी बैंक लि. र प्रभु बैंक लि. रहेका छन् । कुमारी बैंकले एनसिसि बैंक र प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकसँग मर्जर गरेका कारण ती बैंकको खराव कर्जा अत्याधिक हुँदा सेयर धनीलाई मुनाफा लाभांश दिन नसकेका हुन।

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले दिएको लाभांशलाई हेर्दा औसत लाभांश ५.०६ प्रतिशतमा घटेको देखिन्छ । यो वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा बचत खातामा दिएको औसत ब्याजदर जति मात्र थियो ।

बैंकमा लगानी अनुसारको प्रतिफल नआएपछि पुराना र स्थापित लगानीकर्ताले आफ्नो सेयर बिक्री गरेर बाहिरिन थालेका छन् । पछिल्लो समय बैंकमा खास गरेर संस्थापक सेयर खरिदका लागि सूचना निकै आउन थालेका छन ।

सर्वसाधारणमा परिणत भएको सेयर दोस्रो बजारमा सहजै बिक्री गर्न सकिने भए पनि ठूलो रकमको संस्थापक सेयर बिक्रीका लागि लगानीकर्तालाई निकै असहज बन्दै भएको देखिन्छ। स्थापनादेखि वार्षिक राम्रो लाभांश दिइरहेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विगत दुई वर्षदेखि लाभांश दिन नसक्नु खराव कर्जाको अंश बढनु नै हो।

अर्कोतिर आर्थिक मन्दिले कर्जाको माग नहुनु, सञ्चालन खर्च बढनु हो। धेरै शाखा हुँदा साधारण खर्च बढेको छ। कर्जा प्रवाह नहुनु र बचतकर्ताहरूलाई ब्याज दिनु पर्दा धेरै बैंकहरूको मुनाफा प्रभावित भएको देखिन्छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गत वर्ष साधारण सभामा अझै दुई वर्ष सेयरधनीलाई लाभांश दिन नसक्ने बताएका थिए ।बैंकहरूमा बढ्दो खराब कर्जा खास गरेर घरजग्गा,सेयर,उद्योग क्षेत्रमा कारोबार सुस्ताएको कारण लगानीकर्ताले पाउने लाभांश घट्दै गएको देखिन्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी बाहेक अन्य क्षेत्रबाट हुने आम्दानी कस्दै आएको छ । बैंकहरूले कर्जा प्रवाह गर्दा १.५ देखि २ प्रतिशतसम्म सेवा शुल्क लिने गर्छन। यो बैंकहरूको महत्वपूर्ण आम्दानी हो।

जसले गर्दा बैंक तथा वित्तीय संस्थालाई आम्दानीको दायरा बढाउनको लागि कठिनाई हुँदै गएको देखिन्छ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौडेल पछिल्लो एक दशकमा बैंक तथा वित्तीय संस्थाको लाभांश हरेक वर्ष घट्दो क्रममा रहेको बताउँछन् ।

बैंकले विगतका वर्षमा कति लाभांश दिएका थिए अहिले कति दिएका छन,त्यो तथ्यांक सार्वजनिक छ, जसमा हरेक वर्ष लाभांश घटेको देखिएको छ। बैंकको नाफालाई अर्बमा मात्र हेर्दा बढी समस्या भएको छ, लाभांश ओैषतमा १० प्रतिशतभन्दा कम छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाबाहेक अन्य सूचीकृत संस्थाको लाभांश बैंकको भन्दा बढी रहेको देखिन्छ । बढ्दो चुक्ता पुँजी, उठ्न नसकेको कर्जा तथा कतिपय संस्थाको पुँजीकोषमा परेको असरले समेत लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ । नेपाल राष्ट्र बैंकले कुनै पनि महिना प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशतभन्दा कम भएका बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने गर्दै आएको छ ।

यस पटक बैंकहरूले असारमा निकालेको अपरिस्कृत वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेको वार्षिक वित्तीय विवरणमा नाफामा ठूलो फरक देखिएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

कतिपय बैंकहरूले कर्जाको ब्याज तिर्न समेत ऋण दिएर कागज मिलाउदै आएका छन। कतिपय ऋण तिरेर फेरि नयाँ कर्जा दिएको कागज मिलाएर खराव कर्जा घटाउन खोजेको र ब्याज आम्दानी बाधेर मुनाफा बढाएको हुन सक्ने राष्ट्र बैंकले आशंका गरि सूक्ष्म अध्ययन गरिरहेको छ।

prabhu mahalaxmi
kumari