citizens life insurance long ad
stcnepal long ad
national life

प्राइम कमर्शियल बैंकको ३ अर्व ५० करोडको ऋणपत्र निष्काशन हुने

Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १०.५ प्रतिशत ब्याजदरको ८ बर्षको समयवधिमा फिर्ता भुक्तानी गर्ने गरि १ हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत तवरबाट र बांकि (सामुहिक लगानी कोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।
बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको प्राइम कमर्शियल बैंकले जनाएको छ । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । आरविवि मर्चेण्ट बैकिङ्क लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।
आ. व. २०७६÷०७७ को दोस्रो त्रैमासको प्रतिवेदन अनुसार प्राइम कमर्सियल बैंक लिमिटेडको चुक्ता पूँजी ९६८,६८,५१,७०० रुपैयाँ र जगेडा कोष ३,१९,६७,३१,२५३ रुपैयाँ, प्रति शेयर आम्दानी २६.८६ रुपैयाँ रहेको छ । साथै बैंकको सञ्चित आय २,४६,११,१७,१३९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long