stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बैंकिङ क्षेत्रमा ब्याजदर घटदा बीमा कम्पनीहरूको आम्दानीमा असर

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं। जीवन बीमा कम्पनीहरुको लगानी र निक्षेप बैंक तथा वित्तिय संस्थाहरूमा रहदै आएको छ। बैंकको ब्याजदर घटदा र बैंक तथा वित्तिय संस्थाहरूले लाभांश कम दिदा बीमा कम्पनीहरूको आम्दानी घटन पुगेको देखिन्छ।

बीमा कम्पनीहरूको ९२.३५ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीको मुद्दती निक्षेपमा मात्रै ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ लगानीको रुपमा रहेको तथ्यांक छ ।

जीवन बीमकहरुको सो अवधिसम्म विभिन्न क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड रुपैयाँ लगानी रहेको देखिन्छ । यसअनुसार जीवन बीमकहरुले एफडीमा मात्रै ९० प्रतिशत भन्दा बढी लगानी गरेका छन् । यसले बैंकको ब्याजदर घटदा आम्दानीमा असर परेको देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपतर्फको ब्याजदर महिनैपिच्छे घटेपनि जीवन बीमा कम्पनीहरु यस क्षेत्रमा लगानी गर्न बढी केन्द्रित छन् ।

गत आर्थिक वर्षको तुलनामा एफडीको लगानी ३१.७७ प्रतिशत वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म जीवन बीमकहरुको मुद्दतीमा कुल ४ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ निक्षेप थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीको ब्याजदर घट्दो अवस्थामा रहेको छ । गत वर्ष बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशत भन्दा बढी नै थियो । तर एक वर्षको अन्तरालमा बैंकहरुको मुद्दतीको ब्याजदर आधा घटेको छ ।

तर पनि बीमा कम्पनीहरुलाई ८० देखि ९० प्रतिशत रकम भने मुद्दतीमा नै राख्न बाध्यात्मक अवस्था रहेको देखिन्छ । बीमा कम्पनीले देशको अर्थतन्त्रको उत्पादन,रोजगारी, निर्यात र राजस्व बढाउने क्षेत्रमा लगानी गर्ने वातावरण पाउन सकिरहेका छैनन।

उर्जा,पर्यटन,कृषि,हस्तकलाका क्षेत्रमा लगानी गर्ने उचित बाताबरण बन्यो भनेमात्र देश विकासमा योगदान पुग्न सक्छ।

देशको अर्थतन्त्रमा सामान्य सुधार देखिएपनि लगानीका लागि उर्जा,पर्यटन, कृषि र हस्तकलाका क्षेत्र लगानीका लागि खासै उपयुक्त हुन नसक्दा जीवन बीमा कम्पनीहरुले भनेजस्तो लगानी विविधिकरण गर्न सकेका छैनन् ।

मुद्दतीको घट्दो ब्याजदरले जीवन बीमा कम्पनीहरुको लगानीमा छोटो समय प्रभाव पार्न सक्ने देखिन्छ । बीमा कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी रकम मुद्दतीमा नै रहेको हुन्छ, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीको ब्याजदर महिनैपिच्छे घट्दो अवस्थामा छ, यसले बीमा कम्पनीलाई छोटो समयका लागि केही प्रभाव पार्न सक्छ।

मुद्दती निक्षेपको ब्याजदर दर घट्दा बीमा कम्पनीहरुको आम्दानीमा केही प्रतिशत संकुचन आउने देखिन्छ तर पछिल्लो समय बीमा कम्पनीले अन्य सेक्टरमा पनि लगानी गरिरहेका छन् दीर्घकालिन रुपमा भने मुद्दती निक्षेपको ब्याज घटेपनि त्यति प्रभाव नपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको लगानी गत वर्ष भन्दा राम्रो भइरहेको छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा लगानी विविधिकरण गरिरहेका छन्। केही कम्पनीहरुले हवाई क्षेत्र, केबुलकार तथा पर्यटन क्षेत्रमा पनि लगानी गरेका छन।

तर अन्य क्षेत्रमा गरेको लगानी मुद्दतीमा गरेको लगानीमा जस्तो कम जोखिम र लाभ पाउने ग्यारेन्टी भने नहुन सक्छ, त्यसकारण पनि बीमा कम्पनीहरु बढी मुद्दतीमा निक्षेप राख्न केन्द्रित देखिएका हुन् । त्यस्तै, अन्य सेक्टरमा जस्तो मुद्दतीमा रिस्क नहुने भएकाले बीमा कम्पनीहरुको अधिकांश रकम मुद्दती निक्षेपमा थुप्रिएको देखिन्छ ।

बीमा कम्पनीहरु नाफामुखी भन्दा पनि सेवामुखी कम्पनी हुन। बीमितहरुबाट संकलित बीमाशुल्क बीमा कम्पनीहरूले रिस्क कम हुने र केही प्रतिशत भएपनि आम्दानी हुने क्षेत्रमा नै लगानी गर्नुपर्ने हुन्छ। बीमितहरुले बीमा कम्पनीलाई विश्वास गरेर बीमा गरेका हुन्छन।

बीमा कम्पनीले पनि सहि ठाउँमा लगानी गरी बीमित र सेयरधनीहरुलाई राम्रो बोनस तथा लाभांश दिनलाई जोखिम कम हुने क्षेत्रमा बढी लगानी गरेका हुन् ।

अन्य सेक्टरमा लगानी गरिहाल्ने खालको राष्ट्रिय लगानी वातावरण बनिनसकेको देखिन्छ। सरकारले विद्युत र पर्यटन क्षेत्रमा राम्रो नीति, ऐन,कानुन ल्याई उत्पादन बढाउन सहजिकरण गरेका विद्युत उत्पादन,केवलकार, हवाइ कम्पनी लगायतका क्षेत्रमा बीमा कम्पनीहरूले लगानी बढाउन सक्छन।

देशको अर्थतन्त्रमा शिथिलता कायमै देखिएकाले घरजग्गा र दोस्रो सेयर बजार जस्तो क्षेत्रमा लगानी गर्दा जोखिम हुन सक्छ ।

बीमा कम्पनीहरुले लगानी गर्ने रकम जनताको पैसा हो, यसलाई जोखिम हुने क्षेत्रमा लगानी गरेर बर्षौसम्म पनि आम्दानी हुन सकेन भने बीमित र सेयरधनीलाई प्रतिफल दिन सक्दैनन।

लगानी कस्तो क्षेत्रमा छ र त्यसबाट लगानी उठाएर राम्रो प्रतिफल आउँछ या आउँदैन त्यसमा नै बीमा कम्पनीको आम्दानी निर्भर हुन्छ ।

साथै बीमा कम्पनीहरुले विस्तारै अन्य क्षेत्रमा पनि लगानी गर्न थालेको देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरुले अन्य क्षेत्रमा पनि लगानीको दायरा बढाएका छन् र केही कम्पनीले त हवाई क्षेत्र वा केबुलकार जस्ता नयाँ लगानीका क्षेत्रहरूमा पनि इन्भेष्ट गरी लगानी विविधिकरण गरेका छन।

बीमा कम्पनीको लगानी विविधिकरण विस्तारै हुने हो, जसरी बीमा कम्पनीहरुको व्यवसाय वृद्वि हुन्छ त्यसरी नै लगानीको वातावरण पनि बन्दै जान्छ ।

जीवन बीमा कम्पनीहरुको ९० प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा नै रहेकाले बैंकले दिने ब्याजदरमा नै बीमा कम्पनीको आम्दानी निर्भर रहने देखिन्छ ।

prabhu mahalaxmi
kumari