लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण
काठमाडौं । लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र बुटवलमा समेत सुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले सो नयाँ कारलाई भैरहवा र बुटवलमा भव्य समारोहसहित सार्वजनिक गरेको हो ।
आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीप मोटर सी१० अब भैरहवा र बुटवलका ग्राहकहरूको लागि उपलब्ध रहेको र वुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा पाँचवटा लीपमोटर सी–१० ग्राहकलाई हस्तान्तरण समेत गरिएको थियो ।
कम्पनीका अनुसार सी–१० वातावरणमैत्री ग्राहकका लागि डिजाइन गरिएको छ । कारमा उपलब्ध अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनी भनाई छ ।