stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । नेपाल सरकारले आज नेपाल प्रहरीका वरिष्ठ एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरीको २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको छ ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । आज बालुवाटारमा बसेको मन्त्रीपरिषदको वैठकले थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
महानिरीक्षकको लागी एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने सरकारले विश्वास जसलाई गरेपनि मिलेर काम गर्ने सहमती गरेका थिए । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपी सम्म नम्बर एक बन्ने साैभाग्य पाउँदै आएका व्यवसायीक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा चिनिन्छन् ।
उनको यही छबिले गर्दा प्रहरी नेतृत्वमा पुगेका सबै आईजीपीहरुले विश्वास गर्थे धेरै आइजीपी सँग सचिवालयमा बसेर काम गरेको अनुभव पनि रहेको छ ।
थापाले प्रहरीको केन्द्रीय प्रवक्ता,महानगरीय प्रहरी प्रमुखको रुपमा यस अघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ प्रमुख भए । थापा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए ।
prabhu mahalaxmi
kumari bank
kumari