evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाए

औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.४० विन्दुले घटको छ ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाका लागि ७.७२ प्रतिशत भएको छ । माघमा औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ ।

औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.४० विन्दुले घटको छ । हालसम्म फागुनका लागि ब्याजदर सार्वजनिक गर्ने १८ बैंक मध्ये १४ बैंकको ब्याजदर घटेको छ ।

यता, हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

एनएमबि बैंकले सबैभन्दा धेरै ८.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, कृषि विकास बैंकले भने सबैभन्दा कम ८।४४३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ ।

ब्याजदर घट्दा पनि कर्जा प्रवाह हुन सकेको छैन ।पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ ।

कर्जा प्रवाह हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ ।

ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

igi long
himalayan life insurance long ad