stcnepal long ad
ime life insurance
global ime bank long

थप ४४८ कोरोना संक्रमित, संख्या पाँच हजार नाघ्यो मृत्यु हुनेको संख्या १६ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ । नेपालका कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । पछिल्लो चौबिस घन्टामा ४ सय ४८ संक्रमित थपिएसँगै संक्रमितको संख्या पाँच हजार कटेको हो ।

यो संख्या कोरोना संक्रमण फैलिए यता एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । यो सँगै देशभरि देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या पाँच हजार ६२ पुगेको छ ।

यस अघि बिहीवार २ सय ५० जनामा, बुधवार २ सय ७९ जनामा र मंगलवार ३ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । अनुसार विगत २४ घण्टामा ५ हजार ९ सय २५ पीसीआर परीक्षण भएको छ ।

अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ वटा पीसीआर परीक्षण भएका छन । १ लाख ८८ हजार ५२ जनाको आरडीटी परीक्षण गरिएको छ । ४ हजार १ सय ६९ जना विभिन्न अस्पताल र क्वारेन्टिनका आइसोलेसनमा छन ।

अहिलेसम्म ८ सय ७७ जना निको भएर घर फर्केका छन । कोरोना संक्रमणवाट १६ जनाको मृत्यु भएको छ । अहिले देशभरका क्वारेन्टिनमा १ लाख ५८ हजार ५० जना बसिरहेका छन ।

क्वारेन्टिनमा बस्ने अधिकांश भारतवाट फर्कनेहरु छन । संक्रमित हुनेपनि प्राय सबै भारतवाट फर्कनेहरु नै हुन । संक्रमितको संख्या प्रदेश दुई र पाँचमा धेरै रहेको छ ।।

थप ४४८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो

prabhu mahalaxmi
kumari