stcnepal long ad
ime life insurance
global ime bank long

अब गीतकारका रुपमा हास्य कलाकार उत्तम केसी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडाैं ।  हास्य कलाकार उत्तम केसी अब गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु…’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु…’को भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग्रौला, मोहन निरौला, रवीन्द्र खडका, उत्तम केसी, लक्ष्मण वस्नेत, दमन रुपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, सुभेच्छा थापा, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाल, कृष्ण रसाइली, शोभा भण्डारी, सुष्मा ढकाल, मिना जिसी, प्रकाश विक्रम थापा, जीवन थापा, दीपक सापकोटा, लक्ष्मीनाथ तिमिलसिना, सुनिल कटवाल, विनोद केसी, गायत्री पाण्डे, भगत शाह, विजय तिमिलसिना, लब्ली संगम राईलगातका कलाकारको अभिनय रहेको छ ।
ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायाँकन र …..को सम्पादन रहेको छ ।
वर्तमानको अवस्थाले पिरोली रहेको र देशभक्ति गीत मार्फत एउटा जागरण ल्याउ भन्ने उद्देश्यले आफूले यो गीत स्रोता÷दर्शकमाझ ल्याएको उत्तमले बताए ।
‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरु झुक्नुहुन्न, देशका लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीत मार्फत व्यक्त गर्न खोजेको हुँ’, उत्तमले भने ।

नेपाली कला क्षेत्रमा सयौ नाटक र चलचित्र मार्फत दर्शकको मन जित्न सफल कलाकार उत्तम केसीको गीतकारको रुपमा सार्वजनिक यो पहिलो गीत हो । ‘अन्य थुप्रै गीत कोरेर यतिकै राखेको छु अब विस्तारै स्रोता÷दर्शकमाझ ल्याउने योजनामा छु’, उनले भने ।

prabhu mahalaxmi
kumari