citizens life insurance long ad
stcnepal long ad

 नेपाल राष्ट्र बैंकले भदौ ३१ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी भदौ ३१ गते ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था,  बीमा  कम्पनी,  संगठित संस्था तथा नेपाली नागरिकलाई आवेदन आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरुले भदौ २९ गते अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड ४० लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणाली मार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड ६० लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ ।

आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

IME Life
kumari