थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो

आर्थिक सञ्जाल
काठमाडौं । थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका मोरङंका २ जना, पर्साका १ जना, झापाका ५ जना, ताप्लेजुङका १ जना, सप्तरीका १३ जना, बाराका १२ जना, सिन्धुलीका १ जना, रौतहटका ६५ जना, म्याग्दीका १ जना, बाग्लुङका १० जना, पर्वतका ४ जना, स्याङ्जा १ जना, डोटीका ३ जना, बाँकेका ४२ जना, कपिलवस्तुका २९ जना, दाङका १५ जना, मुगुका १ जना, दैलेखका ११३ जना, खोटाङका ३ जना, धनुषाका ६ जना, महोतरीका ३ जना, सर्लाहीका ३ जना रहेका छन्
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ भने २९० जना निको भएर घर फर्किसकेका छन् ।