आइसीएफसि फाइनान्सका ग्राहकले नेपाल अस्पतालमा छुट पाउने

काठमाडौं । आइसीएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर न.पा. १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै उक्त अस्पतालसँग सम्झौता गरेको हो ।
कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसंग छुट प्रदान गर्ने गरी ब्यवसायीक सम्झौता गरेको जनाएको छ ।
सम्झौता पश्चात आइसिएफसि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पीटलका विभिन्न सेवामा अधिकतम ३० प्रतिसत सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
२९ साउन २०८०, सोमवार २०:५० बजे प्रकाशित