adbl long ad
nabil bank
stcnepal long ad
national life

मेरो माइक्रोफाइनान्सको माघ ६ गते वार्षिक साधारण सभा

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शुक्रबार माघ ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस २२ गते बुक क्लोज गरिसकेको छ । पुस २१ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

२ माघ २०७९, सोमवार ०८:०२ बजे प्रकाशित

Election
stcnepal long ad