stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

समृद्धि फाईनान्सले २१औं वार्षिकोत्सव मनायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाईनान्सले २१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरि वार्षिकोत्सव मनाएको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा समृद्धि फाईनान्स नेसनल (भेट्रान)चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भइ कार्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियो ।

कार्तिक २५ गते नेपाल हाउस रेष्टुरेण्टमा यस संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईज्यूको अध्यक्षतामा आयोजना भएको हो ।

संस्थाले २१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ । यसैगरी १० वर्ष भन्दा पुरानो ४ जना कर्मचारीहरुलाई दिर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ ।

आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ साथै यस संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको जानकारी यस संस्थाका का.मु मुख्य व्यवसाय प्रवर्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।

२१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो ।

लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्घती निक्षेप्मा १३.२० प्रतिशत रहेको खाता, कल खातामा ४.५प्रतिशत ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्घतीखाताहरु भएको लोभ लाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

prabhu mahalaxmi
kumari