citizens life insurance long ad
stcnepal long ad

४ करोड २५ लाख रुपैयाँ नोक्सानमा रिलायन्स फाइनान्स 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा फाइनान्सले ४ करोड २५ लाख ३८ हजार रुपैयाँ खुद घाटा ब्योहोरेको छ ।

गत वर्षको यही अवधिमा यसले २ करोड १९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ४ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष उक्त नाफा ३ करोड १३ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी पनि ५१.४७ प्रतिशतले घटेर ३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले यसको खुद नाफामा प्रभाव परेको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा भारी मात्राले बढेको छ ।

यसले इम्पेयरमेन्ट चार्ज बापत ३ करोड ५१ लाख ८० हजार रुपैयाँ छुट्याएको छ । सो रकम गत वर्ष ५६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा पनि ६ करोड ९९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

रिलायन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १६ पैसा नोक्सानमा रहेको छ ।

गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५८ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ३।६७ प्रतिशत कायम भएको छ ।

IME Life
kumari