गोर्खाज फाइनान्समा खाता खोल्नेलाई लकर सुविधा सहित विभिन्न सेवा निः शुल्क

काठमाडौं । गोर्खाज फाइनान्सले नारी बचत खाता योजना सार्वजनिक गरेको छ । फाइनान्सले तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको उक्त बचत योजना ल्याएको हो ।
यससँगै, नारी बचत खाता खोल्नेले निःशुल्क लकर सुविधा, निःशुल्क एटिएम कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क डिम्याट सेवा पाउने छन् ।
साथै, सिआश्वा शुल्क समेत निःशुल्क गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) सन्तोषकुमार घिमिरेले बताए ।
फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको छ ।
संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको सीईओ घिमिरेले जानकारी गराए ।
८ भदौ २०७९, बुधवार १५:५२ बजे प्रकाशित