गोर्खाज फाइनान्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लि.को २७औं साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार २०७७/७८ को २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । यस अघि विविध कारणले फाइनान्सको उक्त साधारणसभा हुन सकेको थिएन ।
फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीको अध्यक्षतामा आयोजित साधारणसभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले फाइनान्सको वित्तीय अवस्था बिगतमा भन्दा सुधार भइरहेको बताए ।
आगामी दिनमा फाइनान्सले साधारणसभा समयमा नै गर्ने र वित्तीय अवस्थालाई झन् सुधार गर्ने उनको भनाइ छ । मुख्य कार्यालय चारखाल डिल्ली बजारमा रहेको फाइनान्सका शाखाहरु देशभर २६ वटा छन् ।
२७ जेठ २०७९, शुक्रवार १८:३१ बजे प्रकाशित