citizens life insurance long ad
stcnepal long ad

मञ्जुश्री फाईनान्सको शाखा कार्यालयको कारोबार शुभारम्भ 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यज्यूहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ ।
२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

 

IME Life
kumari