stcnepal long ad
global ime bank long

वैशाख ३१ गते बेस्ट फाइनान्सको साधारण सभा , लगानीकर्तालाई भने छैन लाभांश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बेस्ट फाइनान्सले वैशाख ३१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।

लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले आर्थिक वर्ष २०६७/०६८ यता अहिलेसम्म लाभांश वितरण गर्न सकेको छैन ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।

यसबाहेक आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले वैशख १९ गते बुक क्लोज गर्दैछ । यसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग हुन पाउने छन् ।

IME Lifesidebar
kumari