बिओके क्यापिटलसँग समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ ।
कम्पनीको हालै सम्पन्न साधारण सभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत गर्दै आएको छ । निकट भविष्यमा थपशाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ ।