citizens life insurance long ad
stcnepal long ad

आज सेन्ट्रल फाइनान्सको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा  हुँदैछ । फाइनान्सको पुस २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २४औं वार्षिक साधारण सभा आज माघ २३ गते फाइनान्सको कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा फाइनान्सको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari