citizens life insurance long ad
stcnepal long ad

फरवार्ड माइक्रोफाइनान्सको यस्तो छ दोस्रो त्रैमासमा प्रगति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको खुद नाफामा सामान्य सुधार भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिमा भन्दा ११.९५५ ले धेरै हो । अघिल्लो वर्ष फरवार्डले २० करोड ९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

फरवार्डको खुद ब्याज आम्दानी ३४.१९% ले बढेर ६० करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । तर प्रोभिजनमा २५ करोड ६४ लाख रुपैयाँ छुट्याएपछि सञ्चालन नाफा भने ११.९९% ले मात्र सुधार भएको छ । पुस मसान्तसम्म सञ्चालन नाफा ३५ करोड ३५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसको खराब कर्जामा भने भारी वृद्धि भएको छ । गत वर्ष ०.७७% मात्र रहेको खराब कर्जा अहिले ४.९६% पुगेको छ ।

हाल फरवार्डको चुक्त पुँजी ५० करोड ४ लाख १५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा १ अर्ब १० करोड २८ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोष गत वर्ष भन्दा २६.३६% बढी हो । यसको प्रतिसेयर आम्दानी वार्षिक ८९ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ३८ पैसा छ ।

IME Life
kumari