citizens life insurance long ad
stcnepal long ad

आइसीएफसी फाइनान्सको नगद लाभांश खातामा पठाउन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीलाई ४.५०% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा पुस २९ गतेबाट नगद जम्मा गरिदिन सुरु गरेको हो । यस्तै, पुस १७ पछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ ।

यता, आइसीएफसीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १०.५०% बोनस सेयर र ४.५०%नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

IME Life
kumari