stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेन्ट्रल फाइनान्सको २४औं वार्षिक साधारण सभा माघ २३ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्ट्रल फाइनान्सले २४औं वार्षिक साधारण सभा माघ २३ गते बोलाएको छ । सभा सेन्ट्रल फाइनान्स कुपण्डोल ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश हुँदैछ ।

आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि सेन्ट्रलले माघ १२ गतेबाट २३ गतेसम्म बुक क्लोज गर्दैछ । माघ ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

IME Lifesidebar
kumari