stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुडविल फाइनान्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुडविल फाइनान्सको आज (बुधबार) होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष साखःले संस्थाले निक्षेपतर्फ गत आ।व।को तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको जानकारी दिए ।

आ.ब.२०७६/०७७ को आय–व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४ प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद लाभांश गरि जम्मा १२ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए ।

IME Lifesidebar
kumari