stcnepal long ad
global ime bank long

नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। फाइनान्स कम्पनीका संस्थापक शेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने फाइनान्स कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari