stcnepal long ad
ime life insurance
national life
global ime bank long

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८५ आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् ।

उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ । यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari