सेन्ट्रल फाइनान्सको साधारण सभा जेठ ४ गते

काठमाडौं । सेन्ट्रल फाइनान्सको जेठ ४ गते साधारण सभा बस्ने भएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । यसकारण, यो पटक सेयरधनीको हाल खाली हुनेछ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २२ गते बुक क्लोज गरिसकेको छ । वैशाख २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
साधारण सभा, सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ ।