macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फरवार्ड माइक्रोफाइनान्स २ करोड ५८ लाखले नोक्सानीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २ करोड ५८ लाख ७९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने ०.०१ प्रतिशतले बढेर ५६ करोड ९९ लाख ८० हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढेपनि खराब कर्जा चुलिंदा यस लघुवित्तले नोक्सानी व्यहोर्न परेको हो । एक वर्षको अवधिमा खराब कर्जा ३.९० प्रतिशतले बढेर ७.७१ प्रतिशत पुगेको छ ।

साथै, सञ्चालन नाफा पनि १ करोड ९३ लाख ४५ हजार रुपैयाँ ऋणात्मक भएको छ । अघिल्लो वर्ष यस लघुवित्तले १७ करोड ७१ लाख ८६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ०१ पैसा छ । पुस मसान्तसम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ४२ करोड ३५ लाख ८५ हजार रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad