सङ्गीत रोयल्टी सङ्कलनमा ऐतिहासिक सम्झौता
काठमाडौं । सामाजिक अभियन्ता, हिप–हप गायक तथा प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठको पहलमा सङ्गीत रोयल्टीसङ्कलन समाज नेपाल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र सांस्कृतिक संस्थान जमल बिच रोयल्टी सङ्कलनमा ऐतिहासिक सम्झौता भएको छ ।
प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारी र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोककुमार राई बिचमा सांस्कृतिक संस्थान जमलमा गीत सङ्गीतका प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो ।
त्यस्तै विभिन्न विद्यालय, हस्पिटल, दोहोरी साँझहरूमा पनि सर्जकहरूको गीत सङ्गीतको प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भइसकेको छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत सङ्गीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेको छ ।
नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ ले कलाकार तथा सर्जकको बौद्धिक सम्पत्तिको अधिकार रक्षा बारे व्याख्या गरेको छ । राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ ले पनि यसबारे थप प्रस्ट्याएको छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत–सङ्गीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेका छन् ।
गीत–सङ्गीतको रोयल्टीमा प्रस्तोता समाज, रोयल्टी सङ्कलन समाज नेपाल र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल गरी तीन वटा संस्थाले काम गरिरहेका छन् । तीनै संस्था प्रतिलिपि अधिकार सम्बन्धी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् ।
आगामी भदौ महिनाबाट हरेक कार्यक्रमको लागि हल बुक गर्न अगाडि आयोजकहरुले रोयल्टी तिरेको लाइसेन्स् लिनु पर्ने अनिवार्य गरेका छन् ।