adbl long ad
nabil bank
stcnepal long ad
national life

रोज ब्युटी एकेडेमीबाट ६० ब्युटिसियन दीक्षित

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रोज ब्युटी एकेडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टर मार्फत सीटीईभीटीबाट ब्युटिसियन पेसामा डिप्लोमा गरेका ६० जना ब्युटिसियन दीक्षित भएका छन् ।

यो एकेडेमीको २२औं वार्षिक उत्सवका अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरिएको दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो । उनीहरूले सीटीईभीटीबाट लेबल वान र लेबल टु ९डिप्लोमा० उत्तीर्ण गरेका हुन् ।

बाग्मती प्रदेशका सांसद बिन्दु श्रेष्ठ, सीटीईभीटीण्का सदस्य सचिब जीवनारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणिश्री रत्न बज्राचार्य, रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवं अग्रज ब्युटिसियन सोनी कारंजितले उनीहरूलाई संयुक्तरूपमा दीक्षित गरे ।

विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका केही व्यक्तिलाई सो कार्यक्रममा रोजका तर्फबाट सम्मानित गरियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दुर्गाकिरण तिवारी, अभिनेत्री संचिता लुइँटेल, गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, सिर्जना नेवा, ईश्वरी खत्री, सञ्जय अधिकारी, मिलन दाहाल र सौन्दर्यकर्मी सकुन्तला अवालेलाई सम्मान गरियो ।

रोज ब्युटी एकेडेमीबाट सीटीईभीटीमा ब्युटिसियन कोर्षमा लेबल वान र लेबल टु (डिप्लोमा) गरेका ६० जना ब्युटिसियनलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दीक्षित गरियो । यस्तै, रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

रोजब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले यस वर्षबाट आफुहरूले दीक्षान्त समारोह सुरु गरेको बताइन् । आफुहरूले यो २२ वर्षमा एकेडेमीबाट १२ हजार ब्युटिसियनलाई डिप्लोमा गराएर यो क्षेत्रमा ल्याएको जानकारी गराइन् ।

बाग्मती प्रदेशकी सांसद बिन्दु श्रेष्ठले यो एकेडेमीले नेपालमा महिलालाई ब्युटीसम्बन्धी पेसा सिकाइ रोजगारी दिएर आर्थिकरूपमा सक्षम बनाउन मद्दत पु¥याएको बताइन् ।

दीक्षान्त समारोहमा रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई पनि डिप्लोमा उतिर्णको सर्टिफिकेट प्रदान गरियो ।

कार्यक्रममा वरिष्ट सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सीटीईभीटीका निर्देशक टैलेन्द्र आचार्य, अभिनेत्री रेजिना उप्रेती, अभिनेताद्वय यसराज गराच, दिक्पाल कार्की, गायक आशीष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापालगायतले सो एकेडेमीले सौन्दर्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

९ माघ २०७९, सोमवार ०७:२७ बजे प्रकाशित

Election
stcnepal long ad