stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुरको एकान्तकुनामा खुलयो ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समयदेखि काठमाडौंको विभिन्न मेकअप स्टुडियो तथा सलुनमा फ्रिलान्सर प्रशिक्षकको रुपमा काम गर्दै आएकी मेकअप आर्टिस्ट तथा व्युटिसियन मञ्जु श्रेष्ठले बुधबारबाट आफ्नो मेकअप स्टुडियो सुरु गरेकी छिन् । ललितपुरको एकान्तकुनामा उनले ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’ सुरु गरेकी हुन्।

उनको सो स्टुडियोका रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष तथा लायन्स जोन चेयरपर्सन सोनी कारँजितले बुधबार उद्घाटन गरिन् ।

आफु्सँग हेयर एन्ड मेकअप सम्बन्धि लामो प्रशिक्षण लिएर केही वर्ष रोजमा प्रशिक्षकको रुपमा काम गरेपछि उनले काठमाडौंका विभिन्न मेकअप स्टुडियोमा प्रशिक्षकको रुपमा सेवा दिएको सोनीले बताइन् ।

mega bank LONG AD

फ्रिलान्सर भएर धेरैलाई यो क्षेत्रमा सेवा दिएकी मञ्जुले सुविधा सम्पन्न आफ्नो हेयर तथा मेकअप स्टुडियो खोलेर व्युटी क्षेत्रमा प्रत्यक्ष रुपमा थप योगदान दिन लागेको भन्दै सोनीले सफलताको शुभकामना ब्यक्त गरिन् ।

ललितपुरको एकान्तकुना क्षेत्रमा गुणस्तरयुक्त हेयर तथा मेकअप स्टुडियोको अभाव रहेकाले आफुले एकान्तकुनामा यो स्टुडियो खेलेको मेकअप आर्टिस्ट तथा ब्युटिसियन मञ्जुले बताइन् । आफ्नो हेयर तथा मेकअप स्टुडियोमा हेयर केयर, स्किन केयर र मेकअप सहित सबै सुविधा तथा सेवा रहेको पनि उनले बताइन् ।

हेयर स्पेसलिस्टको रुपमा समेत परिचित उनले केमिकलका कारण विग्रिएका हरेक प्रकारका कपाललाई आफुहरुले ट्रिटमेन्ट गरेर गुणस्तरीय बनाउने पनि जिकिर गरिन् ।

सो उद्घाटन समारोहमा सञ्चारकर्मी सूर्य चन्द, बरिष्ट प्रहरी नायव निरिक्षक पुरुषोत्तम सानु लगायतले पनि मञ्जुलाई नयाँ मेकअप स्टुयोको सफलताको शुभकामना दिँदै उनको कार्यको चर्चा गरेका थिए ।

civilbank long ad

prabhu mahalaxmi
kumari