citizens life insurance long ad
stcnepal long ad

इरिना महर्जन किड क्विन नेपाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ ।

१८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान बालिकाले प्रतिस्पर्धा गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा पूर्वमिस नेवाः नेपाल सुनिता डङ्गोल हुनुहुन्थ्यो ।

उहाँले समाजका लागि यस्तो प्रतियोगिता उपयोगी हुने चर्चा गर्दै प्रतियोगितामा जित्नेबित्तिकै सफल हुन्छु, चर्चामा आउँछु भनेर सोच्न नहुने बताउनुभयो ।

मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न प्रतियोगिता मिस नेवाः नेपाल प्रजिता श्रेष्ठ र प्रिया तन्डुकार तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जनको कोरियोग्राफीमा भएको थियो ।

IME Life
kumari