sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आजबाट फिल्म ‘बाबरी’ देशभर प्रदर्शनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बडादशैंको अवसर पारेर शुक्रबारबाट फिल्म ‘बाबरी’ले प्रदर्शन सुरु भएको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेका फिल्ममा अभिनेता धिरज मगर, अभिनेत्री अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य अभिनयको रहेको छ ।

यस बाहेक फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मले बिहीबार साँझ काठमाडौंमा भएको प्रियिमरमा सुखद् प्रतिक्रिया बटुलेको थियो ।

धिरज नाडकरको अभिनयको प्रियिमरमा उपस्थित अधिकांश पाहुनाले प्रशंसा गरेका थिए ।

फिल्ममा नरेन्द्र मैनालीले फिल्मको छायांकन गरेका हुन् भने अदिती बुढाथोकीका बुबा आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् ।

दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्मलाई बक्सअफिसमा भने दुई ठूला भारतीय फिल्म ‘विक्रम वेधा’ र ‘पिएस वान’ पनि आजैबाट प्रर्दशनमा आएका छन् ।

युले फिल्मलाई निकै चुनौती छ । यी दुई फिल्मका कारण ‘बाबरी’ले चर्चाअनुरुप ठूलो संख्यामा मल्टीप्लेक्सहरुमा शोज पाउन सकेको छैन ।

prabhu bank
nawakantipur long