citizens life insurance long ad
stcnepal long ad

नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ।बुधबार काठमाडौंमा आयोजित वरीष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मबारे जानकारी गराइएको थियो।

हास्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ मा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, निर्देशक पौड्यालको मुख्य भूमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर लगायत कलाकारको पनि अभिनय छ।

फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन्।

ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी। गुरुङले सम्पादन गरेका हुन्।

IME Life
kumari