stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युब मार्फत सार्वजनिक गरिएको हो।

नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा निकै जमेको छ। उनीहरु गीतको भिडियोम रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।

पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्। प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो। मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ।

सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्।
भिडियोका नायक नायिका आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफुहरु उत्साहित भएको बताए। निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडियो निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए। भिडियो गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार पारिएको हो।

prabhu mahalaxmi
kumari