stcnepal long ad
global ime bank long

गायक लीला श्रेष्ठको मन थियो भेट्नलाई लोक दोहोरी गीत भिडियो सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गायक लीला श्रेष्ठको लोक दोहोरी गीत मन थियो भेट्नलाई भिडियो सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रुपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युवमार्फत सार्वजनिक भएको हो।

गीतमा गायक लीलाकै शब्द तथा संगीत रहेको छ भने उनलाई चर्चित गायिका पार्वती कार्कीले गायनमा साथ दिएकी छिन्।

रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतमा मेघराज लुङ्गेलीको रिदम रहेको छ भने धर्म गन्धर्वले सांरगी, बल बहादुर जैरुले सानई तथा गोपाल घतानीले बाँसुरी वादनमा साथ दिएका छन्।
शंखमूलस्थित शंखपार्कमा छायाकन गरिएको गीतको भिडियोमा मोडलहरु सञ्जिव ठकुरी तथा आयुष्मा कार्कीको साथमा अतिथि कलाकारको रुपमा गायक अमृत आचार्य, सञ्जिव श्रेष्ठ र महेश श्रेष्ठले अभिनय गरेका छन्।

गीतको भिडियोमा गायकगायिका लीला श्रेष्ठ र पार्वती कार्की पनि छन्। सञ्जिव ठकुरीले निर्देशन गरेको भिडियोमा दीपक गिरीको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ।

IME Lifesidebar
kumari