Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

“हाँसो छैन आँशु मात्र…….”को म्यूजिक भिडियो सार्वजनिक

civilbank long ad

काठमाडौं । मूलुकको तत्कालिन र आजपर्यन्तको समाज र परिवेशलाई चित्रण गरिएको गीत “हाँसो छैन आँशु मात्र…….”को म्यूजिक भिडियो बैशाख ३० गते सार्वजनिक भएको छ ।

मूलुकमा कामको सम्भावनाहरु नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलव्धि हाँसिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक काम गर्न थालेको कथा वस्तुलाई भिडियोमा देखाईएको छ ।

रेडियो नेपालका मूख्य कार्यक्रम अधिकृत राजनकुमार कार्कीको गीत रचना, रेडियो नेपाल कै बरिष्ठ कार्यक्रम अधिकृत कीर्ति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगिले स्वर भरेका छन् ।

भिडियोमा श्रीदेव भट्टराई र अर्चना रिमाल मुख्य भूमिकामा छन् भने सहायक भूमिकामा अन्य पात्रहरु र सिनेकर्मी शान्तिपृयलाई समेत देख्न सकिन्छ ।

ओ.एस.आर. डिजिटलको अफिसियल यू ट्यूव च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाज सेवाका लागि खर्च गरिने गीतकार कार्कीले बताएका छन् ।

सपना लम्सालको सौन्दर्य विन्यास, अजय  रेग्मीको छायाङकन र टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

 


३१ वैशाख २०७८, शुक्रवार १३:३७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad