stcnepal long ad
global ime bank long

निफमा अनुराग कश्यपले अनुभब शेयर गर्ने ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं ।  यस चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब,निफ को चौथो संस्करण २०७७ बैशाख २३–२७  ( May 6-10,2021)  सम्म हुने कुरा यहाँहरुलाई बिदितै छ ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य सहित सुरुभएको यस महोत्सब नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई विश्वको चलचित्र र चलचित्रकर्मी माझ पारीचित गराउने, चलचित्र मार्फत नेपाली कला, सन्स्क्रिती र पर्यटनलाई विश्व भरी फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तरराष्ट्रिय चलचित्र महोत्सब हो ।

विश्व भरी फैलिएको महामारी कोभिड–१९ को कारण हाल देश लकडाउनमा रहेको कारणले हामीले भौतिक रुपमा यस महोत्सब आयोजना गर्न नसकी भर्चुल रुपमा आयोजना गर्ने लागेको ब्यहोरा पनि जानकारी गराइ सकेका छौ र हामी अहिले तयारीको अन्तिम क्षणमा छौ ।

चलचित्र नेट टी भि बाट र अरु उद्घाटन , समापन अनी भिन्न अन्तक्रिया , बहस , छलफल र अनुभब आदान प्रदान कार्यक्रम निफको आफ्नै पेजबाट लाइभ गर्न लागेका छौ ।

ति सेसनहरुलाई यहाँहरु पनि लाईभ गर्न चाहनु हुन्छ भने हामी यहाँहरुलाई सिग्नल उपलब्ध गराउने छौ । उद्घाटन पछीको पहिलो शेसन बैशाख ३.३० बाट करिब १.३० घण्टा भारतीय प्रसिद्द निर्देसक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्शकहरुको लागि आफ्नो अनुभब शेयर गर्नु हुने छ भने भोली पल्ट देखी अरु बिभिन्न बिषयमा छफल र बहसहरु हुने छन ।

अनुराग कश्यप भारतिय चलचित्र उध्योगमा चलचित्र लेखक, निर्माता, अभिनेता र सम्पादकको रुपमा चर्चित छन । उहा द्वारा २०१२ मा निर्देसित चलचित्र ुग्याङ्स अफ वासेपुरु फ्रान्सको Director’ Fortnight program मा प्रदर्शन पछी उनको बिशेष चर्चा हुन थाले ता पनि ओस्कर नोमिनेटेड फिल्म Water 2005  मा हिन्दी सम्बाद, Black friday , Gulaal & Dev D ,that girl in yellow boots  र lunch box  लगायतका चलचित्रमा सहभागीता र तिनले बिभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्राप्त गरेको सफलताले उनी स्थापित बनिसकेका थिए ।

IME Lifesidebar
kumari