citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वाइवाइ नेपाल स्टार अब नेपाल टेलिभिजनमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो नेपाल स्टारलाई वाइवाइले प्रायोजन गर्ने भएको छ । जसका लागि आइतबार ‘कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रा.लि.का प्रमुख रवीन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा निर्वाण चौधरीबीच एक सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताउनु भयो । युवालाई प्रोत्साहित गर्न हाम्रो गु्रप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो–राम्रो संगीतप्रेमी स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो । वाइवाइले विश्वास गरेर धेरै कामहरूमा सहयोग गर्दै आएको जानकारी गराउनु हुँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री र अन्जु पन्त रहनु भएको छ । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सात वटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो । प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शोभन्दा नेपाल स्टार कमजोर नभएको बताउनु भयो ।
यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराउनुभयो । ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ।

himalayan life insurance
igi long