stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको ‘चु ल्हुई’ सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ । गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ ।

विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा (दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।

prabhu mahalaxmi
kumari