citizens life insurance long ad
stcnepal long ad

तनहुँकी श्रेष्ठले जितिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। तनहुँको आँबुखैरेनीकी दिया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन्।

उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रवेश पाउने अवसर पाएकी छन् ।

साथै श्रेष्ठ नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने छिन् । नेपाली समयानुसार शनिबार राति भएको ग्राण्ड फिनालेमा हाल न्यूयोर्क निवासी श्रेष्ठले ८ औँ संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।

टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी थिइन् ।

कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रूपमा थिए । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए।

IME Life
kumari