stcnepal long ad
global ime bank long

 ‘मिस नेवाः ११४५’ को उपाधि प्रलिशा शाक्यले जितिन्

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘ जितेकी छन् ।

नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउन सहित उपाधि जितेकी हुन् ।

‘मिस नेवाः ११४५’ को उपाधि सहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरू प्राप्त गरिन् । नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तीर्ण गरेकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छन् ।

प्रलिशा पाँच फिट तीन ईन्च अग्ली छन् । नेप्लीज फेसन होमले नै सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशा मुख्य उपाधि नै जितेकी थिइन् ।

प्रलिशा पछिल्लो एक दशकदेखि सञ्चार माध्यममा पनि आबद्ध छिन् । यो प्रतियोगितामा प्रलिशाले बेस्ट नेपाल भाषाको टाइटल अवार्ड समेत जित्न सफल भएकी छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिहरूबीचको यो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, नैकापकी लूनिभा मानन्धरले फस्ट रनर्सअपको उपाधि जितिन् भने चमती, काठमाडौंकी  लुमना महर्जनले  सेकेण्ड रनर्सअपको उपाधिमा जित्न सफल भइन् ।

=उनीहरूले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे । प्रतियोगिताका अन्य विजेताहरूतर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्टका साथमा सोसल वेलफेयर सेकेण्ड रनर्सअपको उपाधि पनि जितिन् भने अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर्सअप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपको उपाधि जितिन् ।

प्रतियोगितामा रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि जितिन् भने डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअपको उपाधि जितिन् । प्रतियोगितामा प्रसिद्धि शाक्यले मिस डिसिप्लिनको उपाधि जितिन् भने अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड जितिन् ।

प्रतियोगिताका अन्य अवार्डहरूमध्ये प्राश्ना श्रेष्ठले बेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले बेस्ट हेयर, रमुना बज्राचार्यले बेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले बेस्ट स्माइल, शुवास्ना श्रेष्ठले मिस चार्मिङ तथा रुजी शाक्यले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए ।

 

IME Lifesidebar
kumari