stcnepal long ad
global ime bank long

‘मिसेस नोवेल नेपाल २०२५’ को ताज सन्ध्या लामिछानेलाई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ‘मिसेस नोवेल नेपाल २०२५’ को ताज बसुन्धारा काठमाडौंँकी सौन्दर्यकर्मी सन्ध्या लामिछाने बनेकी छन् । शनिवार ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि जितेकी हुन् ।

विजेता उनले ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’ को लागि अवसर समेत पाएकी छन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई भए ।

प्रतियोगिताका लागि दर्जन प्रतियोगीहरुले एक महिना प्रशिक्षण सहित फाइनमा उत्रिएका थिए । प्रशिक्षणमा उनीहरुले व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याट्वाक, प्रस्तुतिकरण बौद्धिक क्षमता विकास लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए ।

प्रतियोगितामा सन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ, सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बिक मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक, आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मिला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सिमा ढुंगाना मोस्ट प्यासोनेट र पेशलकुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भि।जे। निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए ।

IME Lifesidebar
kumari