citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडारचुट्का’मा आधारित छ ।

सार्वजनिक ‘मखमली’ गीतले चलचित्रका अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई देखाएको छ ।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर छ । हर्क साउदको शब्द रचना र गायक चापागाईँकै संगीत रहेको छ ।

वि.सं. २०८२ वैशाख २६ गते रिलिज हुने चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् ।

gold
himalayan life insurance long ad