बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो पनि सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो।