stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

फिल्म ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । फिल्म ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको फिल्मको यो गीतमा हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको सङ्गीत छ । गीतले प्रेमको भाषा भन्छ ।

फिल्मको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम जोडिएको रूपमा देखिएका छन् । भिडियोले फिल्मभित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । भिडियोका कानेरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्ममा दयाहाङ र उपासनको अलवा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायाङ्कन छ ।

रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोस्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रूपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन् ।

prabhu mahalaxmi
kumari