sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित भएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल’ को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर चार विजेता चुनिएका हुन् ।

प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कँडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुम्नुभयो ।

त्यस्तै प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फस्र्ट रनरअप, आर्देन सुवेदी सेकेन्ड रनरअप चुनिँदा सिनियर केटातर्फ भियोम गोयल फस्र्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए ।

प्रतियोगितामा जुनियर केटीतर्फ सदीक्षा जिसी फस्र्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फस्र्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बन्नुभयो ।

प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

कार्यक्रममा चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पूूर्वसदस्य राजेश महर्जनलगायतको उपस्थिति थियो ।

gold
kumari bank
nawakantipur long