macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो। यस गीतले परदेशीकै कथा वाचन गरेको छ।

सतीश चापागाईंले रचना गर्नुभएको गीतमा चलचित्रमा अभिनेतासमेत रहनुभएका प्रशान्त तामाङले स्वर दिनुभएको छ। बिबी अनुरागीको सङ्गीत र एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो।

गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’ मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको कथा समेटिएको छ। अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाको कथाव्यथालाई समेत यस चलचित्रमा प्रस्तुत गरिएको छ।

८ असोज २०८०, सोमवार ०६:१९ बजे प्रकाशित

NTA long ad