stcnepal long ad
himalayan Everest Insurance long ad

‘मां’ म्यूजिक भिडियो सार्वजनिक हुँदै

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गायक विजेन्द्र चवालबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ ।

आउँदो भाद्र ३० गते शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘मां लुमना वइ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो ।

मानव अधिकारवादी नेता मल्ल के। सुन्दरबाट गीत औपचारिक रुपमा सार्वजनिक गरिने बताइएको छ ।

सबै आमाहरुप्रति समर्पित गीतलाई सक्दो राम्रो बनाउन आफुहरुले प्रयास गरेको गायक चवालले बताए ।

गीतमा संगीत अमरराज राजोपाध्यायले दिएका छन् भने शब्द अनिक शाक्यको रहेको छ ।

गीतको भावना र मर्मलाई न्याय दिन आफु र कलाकार, प्राविधिक सबैले निकै मिहिनेत गरेको म्यूजिक भिडियोका निर्देशक योवन शाक्यको भनाई रहेको छ ।

‘आमा, मां संसारमै सबैभन्दा सम्मानित र ममताले भरिएको शब्द हो । मांप्रति समर्पित यो गीतलाई जीवन्त बनाउन सक्दो मिहिनेत गरेको छु, अरु सबै अब दर्शककै हातमा हो’ निर्देशक शाक्यको भनाई हो ।

म्यूजिक भिडियोको परिकल्पना राज्यलक्ष्मी महर्जनको रहेको छ । त्यसैगरी गीतको छायाङ्गन र भिज्युअल सम्पादन दिनेश महर्जनले गरेका छन् ।

सुजन मानन्धर, रुपा महर्जनको साथमा बाल कलाकार आरभ महर्जन, ओस्मी रन्जित र सेद्रिना महर्जनले अभिनय गरेका छन् ।

२९ भदौ २०८०, शुक्रवार ०६:३७ बजे प्रकाशित

NTA long ad