citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली श्रमिकको तलब बढाउन समकक्षीसँग कुरा राखेको छुः सभामुख घिमिरे

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आइपीयु) को १४६औँ महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएको जनाएका छन् । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझे ।

अधिकारीहरूले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरूले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणासमेत राखे ।

himalayan life insurance
igi long